आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

आजदेखि विक्रम बाबा मेला सुरु

Share:
187

चितवन, चैत्र ५ । नेपाल कै पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने एक मात्र विक्रम बाबा मेला आजदेखि सुरु भएको छ ।

चैते दशैंको अवसरमा लाग्ने निकुञ्ज मुख्यालयमा हरेक वर्ष लाग्ने विक्रम बाबा मेला आजदेखि सुरु भएको हो । चैते दशैको अवसरमा हरेक वर्ष सो क्षेत्रमा विक्रम बाबा मेला लाग्ने गर्दछ । मेलामा विहानै देखि दर्शनालुको उल्लेख्य सहभागिता रहेको आयोजनकले जनाएको छ ।

मेलामा होटल, खुद्रा सामाग्री, कपडा लगायतका स्टलहरु रहेका छन् । विक्रम बाबा मेला १५ दिन सम्म चल्ने छ । बिक्रम बाबा परापुर्व काल देखि थारु जाति पुजा गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढेर गएको छ ।

बिक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । विक्रम बाबाको पूजा परापूर्वकालदेखि थारु जातीले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातीको पनि यसमा आस्था बढेको देखिन्छ ।

किम्बदन्तीका अनुसार विक्रम नाम गरेको आदीबासी (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउमा पुजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।

चैते दशैको अवसरमा हजारौँ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षि बली दिने गर्दछन् । मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाबाट दर्शनार्थी तथा भक्तजन आउने गर्छन् । साथै छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।