शनि, अशोज २४, २०८३
Search
शनि, अशोज २४, २०८३

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

Share:
189

आज २०८२ साल चैत ५ गते बिहीबार चैत कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२६ मार्च १९ तारिख। तेल लगाउने र नीमको पात खानेका लागि आजको दिन विशेष छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष :  सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकार्य गर्दै गरेका साथीबाटै असहयोग हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानी भने फलदायी बन्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

वृष :  दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्ने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

मिथुन : धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यको माथिल्लो तहबाट सेवाको अवसर मिल्नेछ।

कर्कट : साथीभाइले असहयोग गर्नेछन्। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। सहकर्मीसँगको सल्लाह अनुसार अगाडि बढ्नु उचित हुनेछ। रोगले सताउने सम्भावना भएकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिन बिताउनु राम्रो हुनेछ।

सिंह: सञ्चित धन जम्मा गर्ने दिन छ। दाजुभाइसँग गरेको सहकार्यले मनमा हौसला बढ्नेछ। विपक्षी शान्त भएकाले तपाईंको काम बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ।

कन्या : खर्च बढ्नेछ। मनमा कुनै कुराले तनाव बढाउनेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। तर परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ ।

तुला : शिक्षामा गरेको लगानीबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ। पुराना रोगले सताउने जोखिम छ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ। धार्मिक व्यक्तिसँग बोल्दा नम्रताको खाँचो देखिन्छ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

वृश्चिक : सोचेको काममा अवरोध हुनसक्छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। व्यक्तिगत क्षमता बढ्नेछ। रोगबाट जोगिनु पर्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

धनु : दिन सहज छ। साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। स्वदेशमा भन्दा वैदेशिक क्षेत्रमा लगानी बढ्नेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दाम्पत्य जीवनमा भने खटपटी हुनेछ।

मकर : आलोचना गर्नेहरु पनि प्रशंसा गर्न थाल्नेछन्। शुभ ग्रहले साथ दिएकाले निष्पक्ष निर्णयबाट पछाडि नहट्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारमा भने शंका बढ्नेछ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। बौद्धिक ज्ञान प्राप्त हुनेछ। बोल्दा नम्र बन्नुपर्नेछ। शिक्षाको लगानीमा मेहनतको आवश्यकता देखिन्छ।

मीन : रोगले सताउने छ। व्यक्तित्वमा निखार ल्याउन कर्मनिष्ठ बन्नुपर्ने दिन छ। बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।