चितवन, फागुन २० । सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् ।
निर्वाचन गतिविधिलाई असर पार्ने गरी अफवाह फैलाएको आरोपमा भरतपुर महानगरपालिका वडा नम्बर १६ का नन्दप्रसाद भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले भारतीय प्रधानमन्त्रीको डिप फेक भिडिओ पोस्ट गरी समाजमा घृणा द्वेष फैलाउने गतिविधि गरेको पाइएको प्रहरीको भनाइ छ ।
प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भट्टलाई पक्राउ गरी छानबिन र अनुसन्धान भइरहेको छ ।









