मङ्ल, बैशाख ८, २०८३
Search
मङ्ल, बैशाख ८, २०८३

माधवपुरमा आयोजित ‘राष्ट्रिय भजन तथा शंखवादन प्रतियोगिताको आयव्यय सार्वजनिक

Share:
247

रत्ननगर, पुस २ । माधवपुर मठमन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समिति, रत्ननगर–१५, माधवपुर, चितवनको आयोजनामा सम्पन्न ‘राष्ट्रिय भजन तथा शंखवादन प्रतियोगिता–२०८२’ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । गत माघ २४ गते सम्पन्न कार्यक्रमको शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको हो ।

समितिका अनुसार कार्यक्रममा कुल रु. ६ लाख ९९ हजार नगद सहयोग संकलन भएको छ भने कार्यक्रम सञ्चालनका लागि रु. ५ लाख ८९ हजार खर्च भएको जानकारी दिइएको छ । आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न विभिन्न व्यक्ति, संघ–संस्था तथा सहयोगीहरूबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो ।

पत्रकार सम्मेलनमा रत्ननगर–१५ का वडाध्यक्ष आसिक तामाङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा वडा सदस्यहरू ईमप्रसाद पन्त, लिकादेवी पोखरेल, रुकमाया परियार लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संघ–संस्थालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

समितिका अध्यक्ष मुक्तिप्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मूल आयोजक समिति सदस्य भूबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने समिति सल्लाहकार कृष्ण पन्तले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसअघि माधवपुर खेलकुद विकास समितिको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा भजनतर्फ ७ जिल्लाका १८ समूहको उल्लेखनीय सहभागिता रहेको थियो भने शंखवादनतर्फ विभिन्न जिल्लाबाट २१ जना प्रतियोगी सहभागी भएका थिए । कार्यक्रमले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक समितिको विश्वास छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।