मङ्ल, बैशाख ८, २०८३
Search
मङ्ल, बैशाख ८, २०८३

ढु‌ङ्ग्रेखोलामा छाडियाे २० वटा घडियाल गोही

Share:
143

रत्ननगर । प्राकृतिक बासस्थानमा जोगाउन नसक्दा दुर्लभ मानिएको घडियाल गोही सङ्कटमा रहेको छ। नदीमा मानवीय चाप र प्रजननमा उत्पन्न समस्याका कारण प्राकृतिक बासस्थानमा घडियाल जोगाउन मुस्किल हुने गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

पर्यावरणीय तथा पर्यटन विकासका हिसाबले महत्त्वपूर्ण मानिएको घडियाल संरक्षणका लागि लगानीसहितको प्रयास जारी छ। कसरास्थित घडियाल प्रजनन केन्द्रमा गोही उत्पादन गरी वार्षिकरूपमा नदीमा छाडिदै आएको छ। नदीमा छाडिएकामध्ये करिब २० प्रतिशतमात्रै गोही अनुगमनका क्रममा भेटिएका छन् । घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा कसरामा सो केन्द्र स्थापना गरिएको थियो ।

चितवन निकुञ्जले अहिलेसम्म २ हजार २४० वटा गोही राप्ती र नारायणी नदीमा छाडेको छ। अहिले ती दुई नदीमा जम्मा ३६६ वटा गोही जीवित छन् । आर्थिक वर्ष २०८०/०८१ मा गरिएको अनुगमनका क्रममा ३५२ र आर्थिक वर्ष २०८१/०८२ मा गरिएको अनुगमनका क्रममा ३६६ वटा घडियाल फेला परेका थिए । नदीमा छाडिएका १ हजार ८७८ वटा घडियाल गोही नदीमा भेटिएनन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले नदीमा मानवीय चाप, प्रजनन समस्या र माछा मार्नेक्रममा तियारी जालको प्रयोगले घडियाल जोगाउन मुस्किल भएको बताए ।

घडियालमा प्रजननको पनि ठूलो समस्या रहेको छ। भाले एकदमै कम जन्मिने समस्याले पनि संख्या वृद्धिमा समस्या भएको पन्तले बताए। वयस्क भाले घडियालको अभावका कारणले प्रजननमा समस्या रहेकाेछ ।

चालू आर्थिक वर्षमा निकुञ्जले राप्ती र नारायणी नदीमा १६५ वटा घडियाल गोही छोडेको छ। मङ्गलबार सौराहास्थित सहायक नदी ढु‌ङ्ग्रेखोलामा २० वटा घडियाल गोहीका बच्चा छाडिएको छ। जनकौली मध्यवर्ती सामुदायिक वन भएर बग्ने नदी ढुङ्ग्रेखोला इचर्नी घाटबाट १७ वटा पोथी र ३ वटा भाले घडियाल नदीमा छाडिएको वनका अध्यक्ष जोगेन्द्र महतोले जानकारी दिए। प्रजनन केन्द्रमा हुर्काइएका ४ वर्षका घडियाल नदीमा छाडीएकाे उनले बताए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।