शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

आज २०८२ साल माघ २८ गते बुधबारको राशिफल

Share:
195

आज २०८२ साल माघ २८ गते बुधबार फागुन कृष्ण पक्षको नवमी तिथि । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस । तदनुसार सन् २०२६ फेब्रुअरी ११ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : भएको सम्पत्ति सदुपयोग गर्नुहोला । साथीभाइसँग सहकार्य गरेर अगाडि बढ्दा फाइदा हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । मिहिनेतलाई निरन्तरता दिनु राम्रो हुन्छ । परिवारसँगको सम्बन्ध सुमुधर बन्नेछ ।

वृष : धनलक्ष्मी योग परेको छ । लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा हुनेछ । काम गर्दा सचेत भएर गर्नुपर्ने दिन छ । मानसम्मान प्राप्त होला । पारिवारिक जमघट हुने सम्भावना छ ।

मिथुन : तपाईंको कला र गलाको प्रशंसा हुनेछ । परिवारको साथ मिल्नेछ । रोगबाट बच्न खानपानमा ख्याल गर्नुपर्नेछ । कुनै शुभकर्ममा सहभागी हुने मौका मिल्नेछ । साथीभाइसँगको भेटले मनमा खुसी प्राप्त हुनेछ।

कर्कट : सञ्चित धन खर्च हुनेछ । अनावश्यक क्षेत्रको खर्चबाट जोगिनु पर्ने दिन छ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने योग परेको छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ । शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा सफलता मिल्नेछ । साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।

कन्या : बौद्धिक क्षेत्रका साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुँदा मनमा खुशी मिल्नेछ । परिवारसँग घुमघामको तय हुनेछ । राज्यको तर्फबाट भने त्रासको योग रहेको छ ।

तुला : दिन राम्रो छ । आज धन लाभ हुनेछ । विद्याका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । खुट्टा तान्ने साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । आक्रोश सार्वजनिक गर्नुभन्दा समस्याको समाधान गर्नु उचित हुनेछ ।

वृश्चिक : आज तपाईको बोलीको प्रभावले काम बन्ने दिन छ । क्षमताको प्रदर्शन गर्न पछि नहट्नु उचित हुनेछ । साथीभाइबाट साथ मिल्नेछ । रोग बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु : दिन राम्रो छ । आज सोचेको काम बन्नाले मन प्रशन्न हुनेछ । परिवारको साथ मिल्नेछ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा भन्दा स्वदेशमा देखिएका अवसरमा रमाउने योग छ ।

मकर : खर्च बढ्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा निजी तरिकाले गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कुम्भ : शिक्षाका क्षेत्रमा सफलता मिल्नेछ । थोरै बोलेर जित्नुपर्ने समय छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : तपाईंको कला र गलाको प्रशंसा हुनेछ । मनको कुरा लुकाएर राख्नु भन्दा परिवारसँग साट्नु उचित हुनेछ । साथीभाइले भने असहयोग गर्नेछन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।