शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

माधवपुरमा राष्ट्रिय भजन प्रतियोगिता : रामजानकी बालिका आश्रम देवघाट प्रथम

Share:
320

रत्ननगर । रत्ननगर–१५, माधवपुरमा आयोजित राष्ट्रिय भजन तथा शंखवादन प्रतियोगिता उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ। माधवपुर मठ मन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समितिको आयोजना तथा वडा कार्यालय रत्ननगर–१५ को संरक्षणमा सम्पन्न प्रतियोगिताले धार्मिक पर्यटन र संस्कृतिको प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको छ।

कार्यक्रममा शंखवादनतर्फ रोहण खनाल, देवघाट प्रथम, सुमित घिमिरे, देवघाट द्वितीय र परमेश्वर पोखरेल, रत्ननगर तृतीय भएका छन्।

यस्तै भजन तर्फ रामजानकी बालिका आश्रम, देवघाट प्रथम, मगर भजन समूह, सिन्धुली, द्वितीय र ओम कार्येश्वर भजन समूह, तारकेश्वर, काठमाडौं तृतीय भएका छन् ।

प्रतियोगितामा गणेश पाँचायन भजन समूह, भरतपुर–२१ ले सान्त्वना पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा ५ जिल्लाका १८ भजन टोली सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरप्रमुखले यस्ता प्रतियोगिताले धर्मको संरक्षणसँगै धार्मिक र सांस्कृतिक चेतनालाई मजबुत बनाउने विश्वास व्यक्त गरे।

विशिष्ट अतिथि उपमेयर यादवप्रसाद पाठकले चितवन प्राकृतिक, सांस्कृतिक र कलाले भरिपूर्ण क्षेत्र भएको उल्लेख गर्दै कला, साहित्य र संस्कृतिको कुनै सीमाना नहुने बताए। उनले संस्कृति संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

वडाध्यक्ष आसिक तामाङले पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा अपेक्षा भन्दा बढी दर्शक र सहभागीको उत्साहजनक उपस्थिति देखिएको उल्लेख गर्दै यस्तो कार्यक्रमले नयाँ पुस्तामा ज्ञान, सिप र संस्कृतिको हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।