रत्ननगर, माघ २३ । चितवनकाे रत्ननगरमा जंक क्राफ्ट ( फाेहाेर सामाग्री) बाट विद्यालयका विद्यार्थीहरूले विभिन्न सुन्दर र आकर्षक सामाग्रीहरू निर्माण गरेकाछन् ।
मृगकुञ्ज समिति अन्तर्गत समुदायमा आधारित चाेरी शिकार नियन्त्रण युवा जागरण अभियानकाे आयाेजना तथा चित्रसेन सामुदायिक वन र बाघमारा सामुदायिक वनकाे सहआयाेजनामा कार्यक्रम भएकाे हाे ।
प्रतियाेगितामा श्री लिटिल स्टार ईङ्गलिस बाेर्डिङ्ग स्कुल प्रथम, श्री बछाैली मा वि द्वितीय र श्री मालपुर मा वि तृतीय भएकाे चाेरी शिकार नियन्त्रण युवा जागरण अभियान बछाैलीका अध्यक्ष वसन्त राना मगरले जानकारी दिए । विद्यार्थीहरूलाई नगद पुरस्कारसहित स्टेसनरी सामग्री वितरण गरिएकाे उनले जानकारी दिए । प्रतियाेगितामा ४ वटा विद्यालयका विद्यार्थी सहभागि थिए ।
युवा जागरण अभियानका अध्यक्ष राना मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर साैराहाका प्रमुख रविन चौधरी प्रमुख अतिथि रहेका थिए ।कार्यक्रममा नयाँ गाेरख गण साैराहा सेक्टर प्रमुख निल्शन बस्नेत, राप्ती रिभर अध्यक्ष अपिल घिमिरे, वेटर चितवनका संस्थापक अध्यक्ष सागर केसी, वाइल्डलाइफ भिक्टिमकि अध्यक्ष डाेमा पौडेल, सफा उर्जा उत्पादन प्रा.लिका निर्देशक निर्णय पौडल, केरुङा उपभोता समिति CBAPU का अध्यक्ष विकाश पाठक, एनिमल नेपालकी संयाेजक दिपा केसी लगाएतकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रम संचालन समुदायमा आधारित चाेरी शिकार नियन्त्रण युवा जागरण अभियानकी सचिव सावित्री अर्यालले गरेकी थिईन् ।








