शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

खैरहनीमा प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

Share:
197

रत्ननगर, माघ १७ । प्रगतिशिल लोकतान्त्रिक पार्टीले चितवन क्षेत्र नं १ मा चुनावी अभियानलाई तीब्र बनाएको छ ।

जेन-जी आन्दोलनका अगुवा विकास कामीलाई उम्मेदवार बनाएको सो पार्टीले चुनावी एजेण्डा प्रस्तुत गर्दै काकीको पक्षमा भोट मागिरेहको छ ।

यसैक्रममा शनिबार खैरहनीको मगनीचोकमा सो पार्टीले सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ ।

सो पार्टीका क्षेत्रीय इन्चार्ज तथा निर्वाचन परिचालन समितिका संयोजक झनक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संयोजक सविन न्यौपाने र जिल्ला इन्चार्ज दीपक शाहीले सयुक्त रुपमा सम्पर्क कार्यालय उद्घाटन गरेका थिए ।

सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि शाहीले देशमा सच्चिकै परिर्वतन र युवाहरुको चहना अनुसारको विकासका लागि प्रगतिशिल लोकतान्त्रिक पार्टी स्थापना भएको बताए ।

संयोजक न्यौपानेले देशमा ठुलो परिर्वतन हुँदा पनि जनताको जीवन स्तरमा सुधार आउन नसकेको भन्दै सर्वहारा जनताकाे हितको लागि प्रगतिशिल लोकतान्त्रिक पार्टी चुनाबमा होमिएको बताए ।

उम्मेदवार विकास कामीले सर्वहारा किसान र युवाहरुको समस्या सामधानको लागि आफुले उम्मेदबारी दिएको भन्दै सच्चा र इमान्दार व्यक्तिको पहिचान गरी मतदान गर्न आग्रह गरे ।

क्षेत्रीय सचिव लेखनाथ भूषालले सञ्चालन गरेको उक्त कार्यक्रम नेता केदार रिजालले स्वागत मन्तव्य राखेका थिए ।

सम्पर्क कार्यालय उद्घाटन लगतै उम्मेदवार कामीले पत्रकार सम्मेलनको आयोजना गरी घोषणापत्र तथा साझा संकल्प सार्वजनिक गरेका छन् ।

उनले सुकुमबासीलाई लालपूर्जा वितरण र वडा स्तरमा मल बैंक स्थापनालाई जोड दिएर घोषणपत्र तथा साझा संकल्प सार्वजनिक गरेका हुन् ।

उमेदवार कामीले सकुमबासीलाई लालपूर्जा वितरणसंगै किसानले भोग्दै आएका समस्या निराकरणलाई चुनावी मुद्धा बनाएका छन् ।

जेनजी आन्दोदनपछि जन्मिएको प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उमेदवार बनेका कामीले आफुले काठमाडौंमा जेनजी आन्दोलनको अगुवाई गरेको भन्दै युवा पुस्ताले खेजेको परिर्वतनलाई आत्मसाथ गर्दै विपन्न र किसानहरुको समस्या सामधान गर्न चुनावी मैदानमा आएको बताए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।