चितवन, माघ १५ । चितवनको रत्ननगर नगरपालिका ४ बस्ने ६३ वर्षीय सुकमाया देवी तामाङको हत्यामा संकग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले ५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेका अभियुक्तहरूमा बारा जितपुर सिमरा उप–महानगरपालिका–२२ का ४६ वर्षीय मोटे भन्ने शुक्रबहादुर भोलन, सोही स्थानका ४२ वर्षीय सूर्यमान वाइवा, धादिङ थाक्रे गाउँपालिका–५ का ३२ वर्षीय बुद्धिमान लामा, स्याङ्जा बिरुवा गाउँपालिका–८ का स्थाई घर भएका हाल चितवनको रत्ननगर नगरपालिका ४ सिनेमारोड बस्ने ३१ वर्षीय मिलन भन्ने कौ बहादुर गुरुङ तथा मकवानपुर थाहा नगरपालिका–१२ का ४७ वर्षीय हिरा बहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
हत्या आराेपीहरुलाई आज पत्रकार सम्मलन गरि सार्वजनिक गरिएको छ ।
सुकमायाको गत पुस २६ गते आफ्नै घरमा हात खुट्टा वाधेर हत्या गरिएको अवस्था प्रहरीले फेला पारेको थियो ।








