शनि, अशोज २४, २०८३
Search
शनि, अशोज २४, २०८३

च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित

Share:
134

माघ १५ । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको महत्त्वपूर्ण खेलमा रियल मड्रिड बेन्फिकासँग पराजित भएको छ । यो हारसँगै रियलले सिधै अन्तिम १६ मा पुग्न अवसर गुमाएको छ । रियलमाथि बेन्फिकाले ४–२ गोल अन्तरको शानदार जित निकालेको हो । यो हारसँगै रियलले अब प्लेअफ खेल्नुपर्नेछ ।

रियलले खेलको सुरुआत राम्रो गरे पनि पछि दबाबमा परेको थियो। खेलको ३०औँ मिनेटमा केलियन एम्बाप्पेले हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । बेन्फिकाका लागि ३६ औं मिनेटमा एन्ड्रियास शेल्डेरुप बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर भान्गेलिस पाभ्लिडिसको पेनाल्टी गोलमा बेन्फिलाले अग्रता बनाएको थियो ।

खेलको ५४ औं मिनेटमा शेल्डेरुप बेन्फिकाका लागि थप गोल गरे । एमबाप्पेले ५८ औँ मिनेटमा गोल गरे पनि खेल आफ्नो पक्षमा पार्न सकेनन् ।

अन्तिम समयमा रियलका दुई खेलाडी रातो कार्ड पाएपछि टिम नौ खेलाडीमा सीमित भएको थियो ।

नौ खेलाडीमा सीमित भएको रियलविरुद्ध खेलको इन्जुरी समयको आठौं मिनेटमा बेन्फिकाका गोलकिपर अनातोली टुबिनले फ्रिकिकमा हेड गोल गर्दै खेलमा रोमाञ्चक जित दिलाएका हुन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।