मङ्ल, बैशाख ८, २०८३
Search
मङ्ल, बैशाख ८, २०८३

च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित

Share:
83

माघ १५ । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको महत्त्वपूर्ण खेलमा रियल मड्रिड बेन्फिकासँग पराजित भएको छ । यो हारसँगै रियलले सिधै अन्तिम १६ मा पुग्न अवसर गुमाएको छ । रियलमाथि बेन्फिकाले ४–२ गोल अन्तरको शानदार जित निकालेको हो । यो हारसँगै रियलले अब प्लेअफ खेल्नुपर्नेछ ।

रियलले खेलको सुरुआत राम्रो गरे पनि पछि दबाबमा परेको थियो। खेलको ३०औँ मिनेटमा केलियन एम्बाप्पेले हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । बेन्फिकाका लागि ३६ औं मिनेटमा एन्ड्रियास शेल्डेरुप बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर भान्गेलिस पाभ्लिडिसको पेनाल्टी गोलमा बेन्फिलाले अग्रता बनाएको थियो ।

खेलको ५४ औं मिनेटमा शेल्डेरुप बेन्फिकाका लागि थप गोल गरे । एमबाप्पेले ५८ औँ मिनेटमा गोल गरे पनि खेल आफ्नो पक्षमा पार्न सकेनन् ।

अन्तिम समयमा रियलका दुई खेलाडी रातो कार्ड पाएपछि टिम नौ खेलाडीमा सीमित भएको थियो ।

नौ खेलाडीमा सीमित भएको रियलविरुद्ध खेलको इन्जुरी समयको आठौं मिनेटमा बेन्फिकाका गोलकिपर अनातोली टुबिनले फ्रिकिकमा हेड गोल गर्दै खेलमा रोमाञ्चक जित दिलाएका हुन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।