मङ्ल, बैशाख ८, २०८३
Search
मङ्ल, बैशाख ८, २०८३

रत्ननगर महोत्सव : एकैदिन ४५ हजार बढीले गरे अबलोकन

Share:
203

रत्ननगर, माघ १ । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणमा अबलोकनकर्ताको उत्सहाजनक उपस्थिति देखिएको छ ।

रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु भएको उक्त महोत्सवको विहीबार मात्र ४५ हजार बढीले अबलोकन गरेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए ।

महोत्सवको सातौं दिन सम्म आइपुग्दा करिब २ लाख दर्शकले महोत्सव अबलोकन गरेको उनको भनाई छ । संघका कोषाध्यक्ष विनोद घिमिरेले विहीबार माघे संक्रान्ति परेकाले महोत्सवमा उत्सहाजनक उपस्थिति देखिएको भन्दै आगामी दिनमा अबलोकनकर्ताको संख्या अझै बढ्ने दावी गरे ।

महोत्सव अबलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भब्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् ।

महोत्सव प्रवेश गरेका अबलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातीको घर, कृषि परिसर र साँस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ ।

यस पटकको महोत्सवमा मह उत्सव, रोजगारी मेला र जलपरी अबलोकन मुख्य आर्कषणको रुपमा रहेको छ । महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ ।

कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको छ ।

विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ ।

पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् ।

कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखिएको छ ।

महोत्सव माघ ६ गते सम्म चल्ने छ । यता महोत्सव अन्तर्गत रत्ननगर वडा नं १ सौराहाचोकमा चिकेन एण्ड एग फुडफेस्टिबल जारी रहेको छ ।

कुखुराको मासु र अण्डा तथा स्थानीय विभिन्न जातजातीको खानाको प्रर्वद्धनको लागि फुड फेस्टिबल आयोजना गरिएको संघका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।

फेष्टिबल माघ ३ गते सम्म चल्ने छ । साँझ ५ बजेबाट सुरु हुने फेस्टिबलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।