रत्ननगर, पुस २७ । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचारमा जारी रत्ननगर महोसत्सवको १३औं संस्करणमा अबलोकनकर्ताको संख्या बढ्दै गएको छ ।
रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको तेस्रो दिन सम्म आइपुग्न दिनप्रतिदिन अबलोकनकर्ताहरुको संख्या बढ्दै गएको संघका अध्यक्ष शंकर गिरीले बताए ।
महोत्सव अबलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भब्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् ।
महोत्सव प्रवेश गरेका अबलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातीको घर, कृषि परिसर र साँस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ ।
आइतबार चर्चित गायिक रचना रिमाल सहितका कलाकारको प्रस्तुतीमा दर्शकले मनोरञ्जन लिए ।
भोली सोमबार पछिल्लो समय चर्चित गायक अर्जुन सापकोटा सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम संयोजक प्रकाशमणि सापकोटाले जानकारी दिए ।
यस पटकको महोत्सवमा मह उत्सव, रोजगारी मेला र जलपरी अबलोकन मुख्य आर्कषणको रुपमा रहेको छ । महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ ।
युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर पहिचान गर्न आयोजना गरिएको रोजगार मेला २०८२ ले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको काम गर्ने गिरीले बताए ।
कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए ।
विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको खनालले बताए ।
पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जीप सफारी सञ्चालन गरिएको छ । महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टलहरु समेत रहेका छन् ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् । महोत्सव महोत्वब अन्तर्गत पौष २९ देखि माघ ३ सम्म सौराहाचोक स्थित बसपार्कमा छैंठौं चिकेन एण्ड एग रत्ननगर सांस्कृतिक खाना महोत्सव २०८२ आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम संयोजक ज्ञानबहादुर विसुरालले बताए ।
कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए ।







