शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

रत्ननगर- १५ माधवपुरमा राष्ट्रिय स्तरको भजन प्रतियोगिता हुँदै

Share:
258

रत्ननगर, पुस २३ । रत्ननगर नगरपालिका-१५ माधवपुरमा आगामी माघ २४ गते राष्ट्रिय स्तरको भजन प्रतियोगिता आयोजना हुने भएको छ। माधवपुर मठमन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समिति रत्ननगर–१५ माधवपुरको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता माधवपुर खेल मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितामा सहभागी भजन समूहहरूमध्ये प्रथम हुने समूहले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वना हुने समूहले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने समितिका अध्यक्ष मुक्तिप्रसाद लामिछानेले जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा देशभरका भजन समूहहरूको प्रस्तुति रहनेछ। प्रतियोगितामा प्रस्तुत गरिने भजनहरू हिन्दु धर्म तथा नेपाली संस्कृति सँग सम्बन्धित हुनुपर्ने उनले बताए।

कार्यक्रमको संरक्षक रत्ननगर नगरपालिका वडा नं. १५ कार्यालय रहेको छ। मौलिक भजनहरू क्रमशः लोप हुँदै गइरहेको वर्तमान अवस्थामा यस्ता प्रतियोगिताले मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने रत्ननगर–१५ का वडा अध्यक्ष आसिक तामाङले बताए।

यस प्रतियोगितामा सहभागी हुन इच्छुक भजन समूहहरूले माघ २२ गतेसम्म अनिवार्य रूपमा समूह दर्ता गराइसक्नुपर्ने आयोजक समितिले जनाएको छ। समूह दर्ता तथा कार्यक्रमसम्बन्धी थप जानकारीका लागि ९८६५१९९८२१ र ९८४५२१७६६९ नम्बरमा सम्पर्क गर्न सकिने समितिले जानकारी दिएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।