शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

Share:
70

काठमाडौं, पुस १५ । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँबसपार्कको टोलीले टोखा नगरपालिका–९ मङ्गल टोलमा रहेको एउटा घरबाट लागुऔषध खैरो हिरोइन र नगदसहित कालीकोट नरहरिनाथ गाउँपालिका–२ का २४ वर्षीय धनबहादुर विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गोङ्गबुको एक घरमा लागुऔषध कारोबार गरिरहेको अवस्थामा विष्टलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार निजसँगबाट खैरो हिरोइन ४५ दशमलव १८ ग्राम, विभिन्न कम्पनीका मोबाइल सात थान, नगद रु ३५ हजार, डिजिटल तराजु एक थान बरामद गरिएको छ ।

पक्राउ परेका विष्टलाई प्रहरीले जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए।

काठमाडौं – गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन्।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।