शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

खैरहनीको ज्यामिरेमा प्रथम ज्यामिरे कप फुटबल हुने

Share:
193

रत्ननगर । पूर्वी चितवनको खैरहनी वडा नं १ ज्यामिरेमा प्रथम ज्यामिरे कप खुल्ला नकआउट प्रतियोगिता हुने भएको छ । ज्यामिरे युवा क्लवको आयोजनामा यही पौष १२ गतेदेखि २५ गते सम्म प्रतियोगिता हुने क्लवका अध्यक्ष ध्रुव सापकोटाले जानकारी दिए ।

प्रतियोगिताको तयारी र उद्देश्यको बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लवले ज्यामिरे स्थित नमुना बस्ती नजिक रहेको कयरखोला चौरमा प्रतियोगिता हुने क्लवका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नविन थापाले जानकारी दिए । राष्टिय स्तरका १६ टिमको सहभागी रहने प्रतियोगिता सम्पन्न गर्न १२ लाख ४० हजार लाग्ने अनुमान गरिएको छ । खैरहनी नगरपालिका वडा नं १ संरक्षक रहेको प्रतियोगिताको प्रथम पुरस्कार एक लाख र द्धितीय पुरस्कार ५० हजार रुपैया रहेको छ ।

युवालाई कुलतबाट जोगाउने, नयाँ खेलाडी उत्पादन गर्ने, सामाजिक एकता कायम गर्ने, खेल पर्यटनको विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले प्रथम ज्यामिरे कप आयोजना गरिएको प्रतियोगिताका सहसंयोजक अरुण नेपालले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटनमा सोही वडा निवासी नायक सरोज खनाल, चलचित्र निर्देशक किशोर चौधरी र उदयमान गायिका दर्शना गान्धारीलाई सम्मान गरिने क्लवका अध्यक्ष सापकोटाले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेण्डर,मिटफिल्डर,फरवार्ड, कोच, अनुसाशित टिमलाई पुरस्कृत गरिने छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।