चितवन । ज्ञानज्योति युवा क्लब, माडी-२, भैरवपुरको आयोजनामा माडी नगरस्तरीय तेश्रो शोभाखर काफ्ले स्मृति कप नकआउट फुटबल प्रतियोगिता पुसकाे अन्तिम साता सञ्चालन हुने भएको छ ।
भैरवपुर गाउँका सामाजिक अगुवा, गाउँमा हरेक जसो विकास निर्माण कार्यका पहलकर्ता, तात्कालीन भैरवपुर आधारभूत विद्यालयका लामो समयकालका व्यवस्थापन समिति अध्यक्ष एवं बुद्धिजीवि व्यक्तित्व दिवंगत शोभाखर काफ्लेको स्मृतिमा क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
करिब १२ फुटबल टिमले सहभागिता जनाउने उक्त खेलमा प्रथम पुरस्कार १ लाख र दोस्रो पुरस्कार ५० हजार सहित सिल, मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ ।
खेल अन्तरमाढी स्तरीय भएपनि एउटा टिमले ५ जना ओपन खेलाडी हाल्न पाउने व्यवस्था गरिएको खेल संयोजक सूर्य वाइबाले जानकारी दिनुभएको छ।








