शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

Share:
102

काठमाडौं, मंसिर २७ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले उत्कृष्ट कमब्याक गर्दै उपाधि घर लगेको हो ।

लिग चरणको आफ्नो चौथो खेलसम्म तीन हार खेपेको अवस्थामा रहेको लुम्बिनी सुरुवातमा दबाबमा थियो ।

तर, लिग चरणका पछिल्ला तीनसहित लगातर ६ खेलमा जित निकाल्दै लुम्बिनीले उपाधि जितेको हो । यसलाई लुम्बिनीको उत्कृष्ट कमब्याकको रुपमा हेरिएको छ ।

सुदूरपश्चिमले भने उपविजेतामै चित्त बुझाएको छ । पहिलो सिजनमा पनि यो टोली उपविजेता बनेको थियो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ८ ओभर ६ बलमा ४ विकेट गुमाउँदै ८६ रन बनाउँदै सहज जित हार पारेको हो ।

जारी सिजनमा कम ओभरमा लक्ष्य पूरा भएको यो पहिलो खेल हो । लिग चरणको खेलमा विराटनगर किङ्सले ११ ओभर ५ बलमा सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गरेको थियो

लुम्बिनीको जितका लागि ओपनर दिनेश अधिकारीले बिस्फोटक ब्याटिङ गरे । उनले १३ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४२ रन जोडे ।

कप्तान रोहितले दोस्रो सर्वाधिक १६ रन जोडे । ओपनर डी आर्सी सर्टले १४ रन जोडे । सन्दीप जोरा शून्यमै आउट भए । दिलिप नाथले अविजीत १ रन जोडे ।

ब्याटिङमा खराब प्रदर्शन गरेको सुदूरपश्चिम बलिङमा पनि कमजोर देखियो । कप्तान दीपेन्द्रले २ ओभर बलिङ गर्दा १ विकेट लिदै २९ रन खर्चस

स्कट कुगेलेइजनले २ ओभर गर्दा २२ रन खर्चिए भने विकेटविहीन रहे ।

हर्मित धामीले सर्वाधिक २ विकेट लिए । दीपेन्द्र र अभिनाश बोहोराले समान १(१ विकेट लिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।