शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

शान्ति सेवा गृहद्वारा मझवाङ्गमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय १७ जना लाभान्वित

Share:
105

रत्ननगर । शान्ति सेवा गृह तिलगंगा काठमाडौंले चितवनको कालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । श्री राष्ट्रिय माध्यमिक विद्यालय मझवाङ्ग कालिका ११ मा विशेषज्ञ चिकित्सकद्वारा मिनि अस्पताल सञ्चालन गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

सो शिविरको कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले उद्घाटन गर्नुभयो । नगर प्रमुख रेग्मीले भन्नुभयो, ‘दुर्गम गाउँ बस्तीका स्थानीयले रोग पालेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी विशेषरुपमा यो शिविरको आयोजना गरिदिनुभयो शान्ति सेवा गृह तिलगंगा काठमाडौं लगाएत सम्पूर्ण टिमलाई धन्यवाद दिनचाहन्छु”। शिविरमा प्रत्यक्ष सहयोग पुर्‍याउने अस्पतालका विशेषज्ञ चिकित्सकहरुलाई उहाँले सम्मान गर्नुभएको थियो ।

उक्त शिविरमा सामान्य जाँच, दन्त, स्त्रीराेग, भाैतिक चिकित्सा प्रयाेगशाला, आँखा जाँच गरिएको थियो । शिविरमा ३ सय १७ जनाको स्वास्थ्य परिक्षण गरिनुका साथै नि:शुल्क रूपमा औषधि, ब्रस, मञ्जन, लिटो, न्यानो कपडा, जुत्ता बितरण गरिएको ग्रीन शोसाईटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिनुभयो ।

मझवाङ्ग बासीको स्थास्थ्य परिक्षण र बिभिन्न रोग लागेर अनेत्र गएर चेक जाँच गर्न नपाएकाहरुको उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिबिर राखिएको परियारको भनाई छ । घर छेउमै बिभिन्न रोगको परिक्षण गर्न पाउदा बिरामीहरुलाई सहज भएको छ ।

शिविरमा काठमाडौंबाट ३० जना चिकित्सकको टोली आई विद्यार्थी र स्थानीहरूको परिक्षण गरेको ग्रीन शोसाईटी नेपालका महासचिव शिरलाल परियारले बताउनुभयो ।

दुर्गम गाउँ बस्तीमा रोग पाल्दै बस्न बाध्य भएका स्थानीयहरुको सहजताका लागि शान्ति सेवा गृह तिलगंगा काठमाडौंले मझवाङ्ग विद्यालयमा विशेषज्ञ चिकित्सकद्वारा सो शिविर सञ्चालन गरेको शिविरका संयोजक बिजेन्द्र कुवरले बताउनुभयो ।

स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी भएको कुवरको भनाईछ । “यहाँ स्वास्थ्य जाँच गराउन आउनुभएकामध्ये धेरै जसो महिला, बालबालिका ज्येष्ठ नागरिक हुनुहुन्छ ।” उहाँले भन्नुभयो, “यो पालिका कालिकाको दुर्गम पालिका अन्तर्गत पर्ने हुँदा यहाँका विपन्न नागरिकको अस्पतालमा प्रत्यक्ष पहुँच नहुने हुँदा हामीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौं ।”

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, ११ का वडा अध्यक्ष कृष्ण वहादुर प्रजा, गैर सरकारी संस्था महासंघ चितवनका पूर्व अध्यक्ष केशव आचार्य, बिद्यालयका प्राधानाध्यापक, शिक्षक, शिक्षिकाहरूको सहभागीता रहेको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।