शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

Share:
82

गोवा, मंसिर २१ । भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। गोवाको तटीय क्षेत्रमा रहेको क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

समाचारमा उल्लेख भए अनुसार आगलागीमा परेर क्लबमा कार्यरत अधिकांश कर्मचारीको मृत्यु भएको छ। आगलागीमा परेर ज्यान गुमाउने केही पर्यटकसमेत रहेका छन्।

शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारका अनुसार ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा आगलागी भएको हो। आगो भुइँ तल्लाको भान्सा क्षेत्रमाबाट सुरु भएको र भान्सा वरपरबाट शव संकलन गरेको उनले बताएका छन्।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।