शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

Share:
82

जनकपुरधाम, मंसिर १९ । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुखले तोकेको अवधि अनुसार दलले आज साँझ ५ बजेसम्म दाबी पेस गर्न सक्ने छन् ।

समयसीमा नजिकिँदै जाँदा मधेशका राजनीतिक दल आन्तरिक रणनीति मिलाउन बिहानैदेखि निरन्तर छलफलमा छन्।

एमालेबाहेक सात दलीय गठबन्धनले साझा उम्मेदवार टुङ्ग्याउन प्रयास गरेका छन् ।

पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि सर्वोच्च अदालतले संविधानको धारा १६८ ९२० अनुसार नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढेको हो । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेपछि दलहरु छलफलमा जुटेका हुन्।

सर्वोच्चले यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। विश्वासको मत जुटाउन नसक्ने अवस्था देखेपछि मुख्यमन्त्री पदबाट यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा सरकार गठन प्रक्रिया सुरु भएको हो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।