मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

आज २०८२ साल मंसिर १० गते बुधबारको राशिफल

Share:
162

आज २०८२ साल मंसिर १० गते बुधबार। मंसिर शुक्ल पक्षको पष्ठी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । दाजुभाइबाट असहयोग हुनेछ । नराम्रो खबर सुन्नुपर्ने हुनसक्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । भोलिको सफलता सम्झिएर मन खुशी हुनेछ । रोगसँग लड्ने क्षमताको विकास हुनेछ ।

वृष : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा अघि बढ्ने अवसर मिल्नेछ । साथीसँग तर्क गर्नु भन्दा आफ्नो काममा अगाडि बढ्नु राम्रो हुनेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

मिथुन : सानो कुराले दुःखी बनाउने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ । पठनपाठनमा जोस र जाँगर बढ्नेछ । परिवारमा मनमुटाव हुने भएकाले तर्क नगर्नु राम्रो हुनेछ ।

कर्कट : दिन सहज छ । बन्धुसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन खुशी हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ । साथीसँगको सम्बन्ध सामान्य रहनेछ ।

सिंह : दिन राम्रो छ । साथीको साथ लिएर नयाँ कामको सुरुवात गर्दा फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या बढ्नसक्छ । निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट उन्नति हुनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

कन्या : दिन राम्रो छ । बोलीका प्रभावले राम्रो काम बन्नेछ । राज्यको तर्फबाट राहत मिल्नेछ । सामाजिक क्षेत्रमा अगाडि बढ्नु फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । दाजुभाइको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । पुरुषसँगको भन्दा समाजका महिलासँगको सहकार्य सफल हुनेछ ।

वृश्चिक : दिन सामान्य छ । मिहिनेत गरेमा आम्दानीका स्रोत सुदृढ रहेका छन् । मसिना कुरामा अल्झिनाले समस्या हुनसक्छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारले भने साथ दिनेछ ।

धनु : दिन राम्रो छ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले प्रष्ट वक्ता बन्नु फाइदाजनक हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । बौद्धिक व्यक्तिको साथ प्राप्त नहुँदा मन दुःखी भए पनि स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

मकर : दिन सामान्य छ । अन्त्य साढेसाती दशा भोग्दै हुनुहुन्छ । तपाईंले गरेको राम्रो कामको जस अरुले लिनसक्छन् । राज्यले तपाईंमाथि अन्याय गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । पुराना साथीको साथ र सहयोग प्राप्त हुनेछ ।

कुम्भ : खर्च बढ्नेछ । जुनसुकै काममा झन्झट आइपर्न सक्छ । खानपानमा ख्याल नगर्नाले रोगले सताउने जोखिम छ । सामाजिक सेवामा भने तपाईंले अवसर प्राप्त गर्नुहुनेछ । परोपकारको क्षेत्रमा सक्रिय भएमा मन शान्त बन्नेछ ।

मीन : दिन सामान्य छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।