चितवन । जापानमा दक्ष कामदार (एसएसडब्ल्यु–SSW) भएर काम गर्न चाहने युवाहरूलाई लक्षित गर्दै ‘हानासाकिया टेक्निकल भोक्सेनल एण्ड ल्याङ्ग्वेज इन्स्टिच्युट प्रा.लि.’ भरतपुर–३, कमल्नगर, चैतारी रोडमा सञ्चालनमा आएको छ। बि.सं. २०८० मा स्थापित यस संस्थाले जापानी भाषा तथा विशेष सीपमूलक तालिममार्फत जापान रोजगारीमा युवाको पहुँच बढाउने उद्देश्य राखेको छ।
इन्स्टिच्युटले जापानी भाषाका N5, N4 र N3 स्तरका कक्षासँगै जापानमा दक्ष कामदारका रूपमा जान आवश्यक ‘स्पेसिफाइड स्किल्ड वर्कर’ (SSW) तालिम सञ्चालन गर्दै आएको छ। नर्सिङ केयर, कन्स्ट्रक्सन, ड्राइभिङ (ट्रक/ट्याक्सी), बिल्डिङ क्लिनिङ, इन्डस्ट्रियल प्रोडक्ट म्यानुफ्याक्चरिङ, अटोमोबाइल मेकानिक्स, एकोमोडेशन (होटेल/रिसोर्ट), कृषि, खाद्य तथा पेय पदार्थ उत्पादन, फूड सर्भिस (रेस्टुरेन्ट) सहित विभिन्न क्षेत्रमा विशेष तालिम प्रदान गरिन्छ।
जापानको ‘ब्लु स्काई जापान कर्पोरेशन’सँग आवद्ध इन्स्टिच्युटले जापानिज फाउन्डेसन टेस्ट (JFT) र स्किल टेस्ट उत्तीर्ण गरेका विद्यार्थीलाई रोजगारी खोज्न सहयोग गर्दै आएको छ। चितवन, नवलपरासी, लम्जुङ, तनहुँ र मकवानपुरका १०० भन्दा बढी विद्यार्थी यस संस्थामार्फत भाषा र सीप सिकेर जापान रोजगारी यात्रा सफल बनाइसकेका छन्।
नेपालभरी JFT पास दर २७.२ प्रतिशत रहेको अवस्थामा हानासाकिया इन्स्टिच्युटको पास दर ८० प्रतिशत पुगेको संस्थाले जनाएको छ। जापानी शिक्षकसमेत संलग्न कक्षा दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म, गरी ६ घन्टाको समयावधिमा सञ्चालन हुन्छ।
संस्थाले अहिले ‘जनवरी सेसन’ का लागि भर्ना खुला गरेको जनाएको छ। सीमित सिट भएकाले इच्छुक विद्यार्थीलाई शीघ्र आवेदन दिन आग्रह गरिएको छ।








