बुध, पुस ३०, २०८२
Search
बुध, पुस ३०, २०८२

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

Share:
167

आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १४ तारिख। विश्व मधुमेह दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । तपाईंले गरेको श्रमको उचित मूल्य पाउनुहुनेछ । निजी काममा भन्दा राजनीतिमा मन जानेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

वृष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । परिवारले अप्ठेरो परिस्थितमा साथ दिनेछन् । संकटमा बन्धुको साथ मिल्नेछ । संयुक्त लगानीबाट फाइदा हुनेछ । दाजुभाइको सल्लाह लिएमा दिन सहज हुनेछ ।

मिथुन : दिन सहज छ । आफ्ना कारणले आफूलाई घाटा नहुने दिन छ । शुभ कार्यमा सहभागी हुनाले मनमा सन्तुष्टि मिल्नेछ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । तपाईंलाई स्वास्थ्यले राम्रो साथ दिनेछ। लगानीका क्षेत्रमा हिम्मत गरे व्यापार व्यवसायमा फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा शान्ति प्राप्त हुनेछ । स्वास्थ्यले राम्रो दिनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने छ ।

सिंह : दैनिकी सहज छ । परिवारले निगरानी गरेको देखिन्छ । साथी र संगठनले साथ दिनेछन् । व्यापारमा अघि बढ्ने हिम्मत गर्नु पर्नेछ । परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ ।

कन्या : दिन सामान्य छ । तपाईंको श्रमको मूल्य अर्कोले खाने जोखिम छ । इच्छा विपरित धन खर्च गर्नुपर्ने भएकाले मन दुःखी हुनसक्छ । अरुको सेवा गर्दा आफ्नो स्वास्थ्य कमजोर बन्ने जोखिम छ ।

तुला : दिन सामान्य छ । बोलीको प्रभावले राम्रो काम बन्नेछ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । परिवारभित्र दाजुभाइसँग मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सहज छ । आज तपाईंले थोरै बोलेर प्रगति हुने योग छ । लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । गुरुसँगको सहकार्यले उत्साह मिल्नेछ । परिवार भित्रको सम्बन्धमा भने खटपटी बढ्नेछ ।

धनु : दिन राम्रो छ । साथीमार्फत आफ्नो काम गर्नु राम्रो हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । कर्मक्षेत्रमा तपाईंले संघर्षको फल प्राप्त गर्नुहुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन सामान्य छ । परिवारकै आरोपको सामना गर्नुपर्ने दिन छ । थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ । आफ्ना बन्धु र दिदी बहिनीको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । बढी विश्वास गर्नाले घात हुने जोखिम छ ।

कुम्भ : सामान्य छ । परिवारमा झन्झट आइपर्ने छ । आफ्नै राशिमा शनि देव पुगेका छन् । मनमा खटपटी हुनसक्ने जोखिम छ । व्यापारमा फाइदा हुने योग छ । परिवारले अप्ठेरो अवस्थामा साथ दिनेछ । प्रेममा खटपटी हुने जोखिम छ ।

मीन : दिन सामान्य छ । सामान्य कुरामा विवाद बढ्नेछ । मनमा राम्रा भावनाको विकास हुनेछ । त्यसलाई सदुपयोग गर्नु राम्रो हुनेछ । परिवारको व्यवस्थापनमा अग्रसर हुनु पर्नेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।