आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

दुई ट्रफीसहित यूएईबाट नेपाली क्रिकेट टिम स्वदेश फर्कियो

Share:
233

कार्तिक २१ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई शृङ्खला खेलेर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई शृङ्खलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा स्वदेश फर्किएको हो। विमानस्थलमा नेपाली खेलाडीलाई खेलकुद मन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कालगायतले स्वागत गरे।

यूएई शृङ्खलामा नेपालले चारवटै खेल गुमाएको थियो। पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको नेपाल चौथो खेलमासमेत यूएईसँग् चार विकेटले नै पराजित भयो। नेपालले यो शृङ्खलाबाट अंक थप्न नसक्दा २० खेल खेलिसक्दासमेत मात्र १२ अंकमा चित्त बुझाउनु परेको छ।

त्यसअघि नेपालले यूएईमै खेलेको वेस्ट इन्डिजसँगको युनिटी सिरिज जितेको थियो। युनिटी कपको उपाधि जितेपछि ओमानमा टी-२० विश्वकप छनोटको उपाधि उचालेको नेपाल दुई ट्रफीसहित नेपाल फर्किएको हो। वेस्ट इन्डिजविरुद्धको युनिटी कप खेल्न यूएई पुगेको नेपाल त्यहाँबाट ओमानमा भएको टी-२० विश्वकप छनोट खेल्न पुगेको थियो। ओमानमा विश्वकप छनोटको उपाधि जितेर फेरि नेपाल विश्वकप लिग २ खेल्न यूएई पुगेको थियो। व्यस्त तालिका र लामो समयको विदेश बसाइ सकेर नेपाली टिम स्वदेश फर्किएको हो।

 

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।