बुध, पुस ३०, २०८२
Search
बुध, पुस ३०, २०८२

सौराहामा रास्वपाको बिस्तारीत वैठक : तयारी पुरा, भोली विहान उद्घाटन

Share:
286

रत्ननगर, कार्तिक २० । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बिस्तारीत वैठक सुरु हुँदैछ ।

बैठक सौराहा सभाहलमा कार्तिक २१ र २२ गते दुई दिन सम्म चल्ने छ । सो पार्टीले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी बैठकको तयारी लगभग पुरा भएको र भोली पार्टीका कार्यबहाक सभापति डोलप्रसाद अर्याल(डिवी)ले गर्ने छन् ।

बैठकमा राजनीति प्रतिबेदन उपर छलफल तथा चुनावी बाँचापत्र परिमार्जन गर्ने तयारी गरिएको प्रबक्ता मनिष झाले बताए । बैठकमा चारवटा प्रस्ताबमाथि छलफल हुने छ ।

कार्यवहाक सभापति अर्यालले राजनैतिक प्रतिवेदन, उपसभापति स्वणिम वाग्लेले बाँचापत्र सम्बन्धी प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठन विस्तार र संगठनको हलाको संरचना र सहमहामन्त्री विपिन आचार्यले निर्वाचनका लागि उम्मेदवार छनोट प्रकृया सम्बन्धि प्रतिवेदन पेश गर्ने र उक्त प्रतिबेदनमाथि छललफल हुने बैठक व्यवस्थापन समितिका संयोजक तथा पार्टी सचिवालय सदस्य हरि ढकालले बताए ।

बैठकमा जेनजी आन्दोलनपछिको राजनीतिक अबस्था, आगामी निर्वाचनको लागि उम्मेदवार छनौट विधि र चुनावी बाँचापत्रको बारेमा छलफल हुने उनले जानकारी दिए ।

बैठकमा केन्द्रीय समिति, प्रदेश पदाधिकारी, केन्द्रीय विभागका पदाधिकारी, सल्लहाकार परिषद् र जिल्ला अध्यक्षहरु गरी ५१२ जना सहभागी हुने पूर्वसाँसद समेत रहेका ढकालले जानकारी दिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।