सोम, मंसिर १, २०८२
Search
सोम, मंसिर १, २०८२

समयमै रासायनिक मल नल्याउँदा किसान समस्यामा

Share:
51

कञ्चनपुर, कार्तिक १९ । सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन् ।

अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरूले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलैजाँदा किसानहरू समस्यामा परेका हुन् । किसानले हिउँदे बाली लगाउने समय भइसक्दा समेत सहकारीहरू मल लिन नआएको कृषि सामग्री कम्पनी कञ्चनपुरका प्रमुख हेमराज जोशीले जानकारी दिए ।

रासायनिक मल वितरणका लागि कृषि सामग्री केन्द्रमा दर्ता भएका सहकारीले असोज मसान्तसम्ममा नवीकरण गरेर १० दिनभित्र कोटाको रासायनिक मल लगिसक्नुपर्ने प्रावधान भए पनि हालसम्म सहकारीहरू नवीकरण गर्नसमेत नआएको उनको भनाइ छ ।

‘यहाँ मल वितरणका लागि १५४ वटा सहकारी दर्ता भएका छन् जसमध्ये असोज मसान्तसम्म २० वटा सहकारीले मात्रै नवीकरण गरेका छन्’, कार्यालय प्रमुख जोशीले भने, ‘सहकारीहरू समयमा मल नलग्दा समस्या भएको छ ।’

उनले कञ्चनपुरमा रासायनिक मल अभाव नरहेको बताउँदै सहकारीले समयमा मल नलग्दा किसान समस्यामा पर्ने गरेको बताए ।

हाल कञ्चनपुरका नौ वटा स्थानीय तहमा कोटाअनुसार सहकारीलाई मल वितरण गरिँदै आएको छ ।

उनका अनुसार हालसम्म ५०० मेट्रिकटन डिएपी वितरण भइसकेको छ । एक हजार १०० मेट्रिकटन डिएपी मौज्दात छ । त्यसैगरी युरिया ५०० मेट्रिकटन वितरण भइसकेको छ भने ३०० मेट्रिकटन गोदाममा मौज्दात रहेको छ । अहिले पनि रासायनिक मल आउनेक्रम जारी रहेकाले मलको अभाव नहुने कृषि सामग्री केन्द्रले जनाएको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।