मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

रत्ननगरको किसान दाना उद्योगमा वाल भत्किँदा तीन जनाको मृत्यु, दुई घाइते

Share:
213

चितवन, असोज २९ । चितवनको रत्ननगर नगरपालिका–१२ शान्ति गुञ्ज टोलस्थित किसान दाना उद्योगमा रहेको दाना नं. ४ को वाल (भित्तो) भत्किँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन् ।

आज बिहान करिब ९:५० बजे वाल भत्किएपछि उद्योगमा कार्यरत पाँच जना कामदारहरू घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो।

उपचारका क्रममा मृत्यु हुनेहरूमा —
१) जिल्ला चितवन, खैरहनी नगरपालिका–२ का ४५ वर्षीय शुकराम दराई,
२) जिल्ला गोरखा स्थायी घर भई हाल रत्ननगर–१२ बस्ने ५४ वर्षीय रेशम दमाई, र
३) जिल्ला चितवन, रत्ननगर–१२ का ४५ वर्षीय कमल गुरुङ रहेका छन् ।

तीनैजनाको अवस्था गम्भीर रही उपचारका क्रममा क्रमशः बिहान १०:२४ देखि १०:५१ बजेसम्मको बीचमा मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यसैगरी, जिल्ला पर्सा घर भई हाल रत्ननगर–१२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकज प्रसाद थारू घाइते भएका छन्। उनीहरूको हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण संकलन भइरहेको प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।