आइत, जेष्ठ २४, २०८३
Search
आइत, जेष्ठ २४, २०८३

आज २०८२ साल असोज २९ गते बुधबारको राशिफल

Share:
357

आज २०८२ साल असोज २९ गते बुधबार। कात्तिक कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। करोबार गर्दा सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने जोखिम छ। परिवारको सल्लाह लिएर गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दिन राम्रो छ। परिवारसँगको सहकार्यले फाइदा हुनेछ। साथीले साथ दिनेछन्। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। विपक्षी साथीको साथ मिल्नेछ। थोरै बोलेर धेरै काम गर्नुपर्ने समय छ।

मिथुन : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने देखिन्छ। परोपकार गर्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा सेवाको भावना जागृत हुनेछ। परिवारसँगको जिम्मेवारीमा संवेदनशील हुनुपर्ने देखिन्छ।

कर्कट : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। सामाजिक र धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुने योग छ।

सिंह : दिन सामान्य छ। अचानक समय खर्च हुनेछ। गलत काममा समय बर्बाद  भएको महसुस हुनेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। परिवारको विश्वास गर्दा घात हुने जोखिम छ। काम गर्दा सचेत बन्नुपर्ने छ।

कन्या : दिन राम्रो छ। साथीको झगडाको प्रत्यक्षदर्शी बन्नुपर्ने जोखिम रहेको छ। व्यापारमा भने लाभ हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। परिवारभित्र भने कामको बोझ बढ्नेछ।

तुला : दिन राम्रो छ। आज गला र कलाको प्रदर्शनी गर्ने दिन छ। कलाको क्षेत्रमा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा बसेकाले अभिभावकाको माया प्राप्त हुनेछ। स्वास्थ्य र शिक्षामा प्रगति हुनेछ। राजनीतिक नियुक्ती प्राप्त हुने योग छ। साथीले साथ दिनेछन्।

धनु : दिन सामान्य छ। ठुलो कारोबार नगर्नु राम्रो हुनेछ। अग्रजबाट अपमानित भएको महसुस गर्नुपर्ने हुनसक्छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने जोखिम रहेकाले परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने देखिन्छ। काममा मिहिनेतको आवश्यकता छ।

मकर : दिन राम्रो छ। शुभ ग्रहको बहुमतले गर्दा मन शान्त बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। शिक्षा र स्वाथ्यको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। धेरै नबोल्नु राम्रो हुन्छ। तपाईंको बोलीले साथी टाढा पुग्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक क्षेत्रका साथीसँगको संगतले मन शान्त बन्नेछ।

मीन : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले दिन सहज बन्ने योग छ। धार्मिक कार्यमा सहभागी भएर अगाडि बढेमा फाइदा हुनेछ। विज्ञसँगको परामर्शले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोगमा गरेको काम सफल बन्ने योग छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।