आइत, चैत्र ८, २०८२
Search
आइत, चैत्र ८, २०८२

रूस र युक्रेनले गरे १८५ जना युद्धबन्दी साटासाट

Share:
195

मस्को, असोज १७ । रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दी साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ। द्वन्द्व अन्त्य गर्ने सन्दर्भमा प्रगति नभएको भए पनि जारी रहेको विनिमयको श्रृंखलामा यो पछिल्लो हो।

रक्षा मन्त्रालयले टेलिग्राममा युक्रेनले १८५ रूसी सैनिकहरू फिर्ता गरेको बताएको छ, यो क्रमममा २० जना सर्वसाधारणलाई पनि रिहा गरिएको जनाइएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रिहा गरिएका युक्रेनीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै, आदान प्रदानको पुष्टि गरेका छन्। उनीहरूलाई आवश्यक पर्ने सबै सहयोग प्राप्त गर्ने वातावरण तयार भएको जेलेन्स्कीले बताउनु भएको छ।

आक्रमण सुरु भएदेखि नै हामीले हाम्रा सात हजार भन्दा बढी मानिसलाई घर फर्काएको उनको भनाइ छ।

गत मे र जुलाईको बीचमा इस्तानबुलमा रूसी र युक्रेनी प्रतिनिधिमण्डलहरू बिच तीन चरणको शान्ति वार्ताको परिणाम स्वरुप ठूलो मात्रामा कैदी आदानप्रदान गरेको जनाइएको।

दुवै पक्षले युद्धको बिचमा युक्रेन र रूसबिचको सहयोगका क्षेत्रका रूपमा मारिएका सैनिकहरूको स्वदेश फिर्तीका धेरै चरणहरू पनि सञ्चालन गरेका छन्।

सन् २०२२ मा रुसले आक्रमण सुरु गरेदेखि दुवै पक्षका दशौँ हजार सैनिक मारिएका छन्, यद्यपि दुवै पक्षले नियमित रूपमा आफ्नो हताहतको तथ्याङ्क भने सार्वजनिक गरेका छैनन् । रासस/एएफपी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।