मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

दशैंको टीका कता फर्किएर लगाउने ?

Share:
137

काठमाडौं, असोज १६ । आज गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदै छ । टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा छ भन्ने त धेरैलाई थाहा भइसकेको हुनुपर्छ र टीका लगाउँदा कता फर्किएर लगाउने भन्ने पनि थाहा नै होला ।

हो, दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा।डा। देवमणी भट्टराईका अनुसार परम्परा अनुसार पूर्व–पश्चिम टीकाको साइत हो । ‘सामान्यतयास् पूर्व–पश्चिम नै हाम्रो पुरानो परम्परा हो,’ प्रा.डा. भट्टराई भन्छन्, ‘दशैंको टीका थाप्ने व्यक्ति पूर्वपट्टि फर्किने र टीका लगाइदिने मान्यजन पश्चिमतिर फर्किनुपर्छ ।’

कोही–कोही दक्षिणतिर फर्किएर पनि टीका लगाउने गर्दछन् । तर दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण नफर्किंदा राम्रो हुने भट्टराईको भनाइ छ ।

कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन नभएकाले टीका थाप्ने व्यक्ति पूर्व र टीका लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने उनले बताए ।

यस वर्षको देवी विसर्जनको साइत ९ बजेर २३ मिनेटमा र टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

तर काम विशेषले टाढा जानुपर्नेहरुले झुल्के घाममै देवी विसर्जन गरेलगत्तै टीका लगाउन सक्ने बताइन्छ । किनभने टीका–जमरा देवीदुर्गाको पूजाको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न साइत हेरिराख्नु पर्दैन ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।