शुक्र, मंसिर २६, २०८२
Search
शुक्र, मंसिर २६, २०८२

एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

Share:
74

असोज १० । एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान फाइनल पुगेको हो । भारत भने सुपर फोरको एक खेल अगाडि नै फाइनल पुगिसकेको छ । भारतले आज श्रीलंकासँग सुपर फोरको अन्तिम खेल खेल्दैछ ।

गएराति दुबई क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले दिएको १३६ रनको लक्ष्य भेट्न नसक्दा बंगलादेश फाइनल खेल्न चुकेको हो । बंगलादेशले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १२४ रन बनायो ।

बंगलादेशका लागि शामिंम हुशेनले ३०, शरिफ हशनले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । यसअघि पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद नवाजले २५ रन जोडे ।

यो वर्षको एसिया कपको समूह चरण र सुपर फोरमा भारतसँग पराजित भएको पाकिस्तानका लागि फाइनलमा बदला लिने अवसर प्राप्त हुनेछ । भारतले भने पछिल्ला खेलमा लगातार जित निकाल्दै आएकाले पाकिस्तानसँगको प्रतिस्पर्धालाई सामान्य रुपमा लिँदै आएको छ ।

एसिया कपको फाइनल यूएईमा आइतबार हुँदैछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।