शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

लिबियाको तटमा डुङ्गा डुब्दा ६१ आप्रवासी बेपत्ता

Share:
90

असोज २ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले लिबियाको पूर्वी तटमा डुङ्गा पल्टिँदा ६१ जना अनियमित आप्रवासी बेपत्ता भएको जनाएको छ ।

सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा, युएनएचसिआरले यो घटनाबाट गहिरो दुःख व्यक्त गर्दै भनेको छ, ‘टोब्रुकमा यो दोस्रो दुखद डुङ्गा दुर्घटना हो, जहाँ ७४ जना यात्रु बोकेको जहाज डुब्यो । १३ जना मात्र बाँच्न सके र दर्जनौँ अझै बेपत्ता छन् ।’

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) का अनुसार गत आइतबार टोब्रुकमै अर्को डुङ्गा दुर्घटनामा ५० सुडानी नागरिकको मृत्यु भएको र २४ जना आप्रवासी उद्धार गरिएको थियो ।

लिबियाका तटहरू, विशेषगरी गर्मी महिनामा, अनियमित आप्रवासी बोकेका डुङ्गा डुब्ने घटना बारम्बार हुने गरेका छन् । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।