आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

हङकङमाथि श्रीलंकाको चार विकेटको जित

Share:
224

भदौ ३१ । एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई चार विकेटले हराएको छ । यूएईमा भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोज्दै श्रीलंकाले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । सुरुमा ब्याटिङ गरेको हङकङले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो । १५० रनको लक्ष्य श्रीलंकाले सात बल बाँकी हुँदा १८.५ ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाउँदै पूरा गरेको हो ।

सुरुमा ब्याटिङ गरेको हङकङका लागि अन्श्या रथले नटआउट अर्धशतक बनाए । ३८ बलको सामना गरेका उनले ५२ रन बनाउँदा निजाकत खानले ४८ रन हाने । हङकङ विरुद्ध कसिलो बलिङ गरेका श्रीलंकाका दुष्मन्थ चमेराले दुई विकेट हात पारे ।

१५० रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि पथुम निसानकाकाले सानदार अर्धशतक बनाए । निसानकाले ४४ बलमा दुई छक्का र ६ चौकाको मद्दतमा ६८ रन बनाएका हुन्। श्रीलंकासँगको खेल प्रतिस्पर्धात्मक बनाउन हङकङका असिम मुर्तजाले दुई विकेट हात पारे ।

यो जितसँगै समूह ‘बी’को श्रीलंका शीर्ष स्थानमा उक्लिएको छ । दुईमा दुई जित निकाल्दै श्रीलंकाले चार अंक जोडेको हो । यो समूहमा अफगानिस्तान र बंगलादेश समान दुईदुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने हङकङ तीन खेल खेलिसक्दा अंकबिहीन छ । आजको हारसँगै हङकङ प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘ए’मा भारत चार अंकसहित शीर्ष स्थानमा छ भने पाकिस्तान दुई अंकसहित दोस्रो स्थानमा छ । यूएईले दुई अंक जोडेको छ भने दुई खेल खेलेको ओमान अंकबिहीन छ । गएराति भएको खेलमा ओमानलाई ४२ रनले हराउँदै यूएईले दुई अंक जोडेको हो ।

एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।