मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित

Share:
89

भदौ ३० । एसिया कपमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ। आइतबार राति दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा भारतले पाकिस्तानविरुद्ध सात विकेटको जित निकालेको हो।

टस जितेर सुरुमा ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य भारतले मात्र २५ बल बाँकी हुँदै १५.५ ओभरमा भेट्टाएको हो। भारतले उक्त लक्ष्य भेट्न मात्र तीन विकेट गुमाएको थियो।

भारतविरुद्ध पाकिस्तानको सुरुआत नै खराब भयो। दुई ओभरमा ६ रनमा २ विकेट गुमाएपछि दबाबमा परेको पाकिस्तानलाई शाहिबजादा फारहानले सम्हालेका थिए। उनले ४४ बलमा ४० रन बनाउँदा र फखर जमनले १५ बलमा १७ रन जोडे।
पूरै २० ओभर खेलेको पाकिस्तान ९ विकेटको क्षतिमा १२७ रनमा समेटिएको हो।

पाकिस्तानलाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले चार ओभर बलिङ गर्दा तीन विकेट हात पारे। उनले मात्र १८ रन खर्चिए। जसप्रित बुम्राह र अक्षर पट्टेलले दुईदुई विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको भारतका लागि कप्तान सूर्यकुमार यादवले नटआउट ३७ बलमा ४७ रन जोड्दा ओपनर अभिषेक शर्माले मात्र १३ बलमा ३१ रन बनाए। उनको पारीमा दुई छक्का र चार चौका समावेश थियो। उसका लागि तिलक बर्मालेसमेत ३१ रन जोडे।

भारतलाई रोक्न पाकिस्तानका लागि साइम अयुबले एक्लै तीन विकेट हात पारे। पाकिस्तानका अन्य कुनै पनि बलर चलेनन्।
यो जितसँगै भारत समूह ‘ए’को तालिकामा चार अंकसहित शीर्ष स्थानमा छ। भारतले पहिलो खेलमा यूएईलाई ९ विकेटले हराएको थियो। दुई अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ।

एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन् । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।