शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

जितिया पर्वमा कालिका नगरपालिकाले दियाे सार्वजनिक बिदा 

Share:
331

रत्ननगर, भदाै २९ । थारू समुदायका महिलाले मनाउने जितिया पर्वकाे अवसरमा पूर्वी चितवनकाे कालिका नगरपालिकाले भाेली (साेमबार) सार्वजनिक बिदा दिएकाेछ ।

नगरपालिकाले एक सूचना जारी गर्दै चितवनका थारु समुदाय लगायत तराईका थारू समुदायको महान चाड “जितिया पर्व” को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण कालिकाबासी आमा, बुबा, दाजुभाई तथा दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भाेली भदाै ३० गते कालिका नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (अत्यावश्यक सेवा बाहेक), नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु, बैंक तथा वित्तिय संस्था साथै निजी संघसंस्था र निकायहरुमा समेत १ दिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत देवराज चाैलागाईद्वारा जारी गरेकाे बिज्ञप्तीमा जनाईएकाेछ ।

जितिया पर्वको मुख्य दिन भाेली (साेमवार) उपास (व्रत) परेको छ । थारू समुदायले मनाउने प्रमुख चाड मध्येको जितिया पर्व भाद्र कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

यस अवसरमा सो समुदायका महिला झम्टा नाच नाच्दै गाउँदै जितिया मनाउने गर्दछन् ।

 

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।