बिहि, फाल्गुन २८, २०८२
Search
बिहि, फाल्गुन २८, २०८२

जंगीअड्डा अगाडि जेन-जीको नाराबाजी, माइकिङ गर्दै सेना

Share:
218

काठमाडौँ, भदौ २६ । सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला नेपाली सैनिकको मुख्यालय जंगी अड्डा क्षेत्रमा जेन-जी र सञ्चारकर्मीको ठूलो भिड लागेको छ।

सेनाको मुख्य गेटबाहिर सयौँ जेन-जी तथा नेपाली र भारतीय सञ्चारमाध्यमका पत्रकार जम्मा भएका छन् ।

अहिले जेन-जीले ७३ वर्षकी सुशीला कार्कीलाई स्वीकार्न नसकिने भन्दै नाराबाजी गरिरहेका छन् ।

अर्कातिर नेपाली सञ्चारकर्मीले भारतीय सञ्चारकर्मीविरुद्ध पनि नाराबाजी गरेका छन् । जेन-जीले युवा पुस्ताबाटै प्रधानमन्त्री चाहिने जिकिरसहित चर्को नाराबाजी र वादविवाद गरिरहेका छन् ।

जेन-जी र पत्रकारको ठूलो भिड जम्मा भएपछि बुधबार रातिकै शैलीमा अहिले पनि सेनाले माइकिङ गरिरहेको छ ।

ठूलो भिड जम्मा भएपछि सैनिक मुख्यालय वरिपरि सेनाले कडाइ गरेको छ । केही युवाले सुशीला कार्की मान्दैनौँ नाराबाजी र विरोधसमेत गर्दैछन् ।

त्यसपछि सेनाले अनावश्यक भिड नगर्न भन्दै मुख्यालयको गेट परिसर र धरहरा अगाडि भेला भएकाहरूलाई माइकिङ गरेर हटाउने काम गरिरहेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।