शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार

Share:
226

काठमाडौँ, भदौ २५ । अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन् ।

जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोड निकालेका थिए ।

उनीहरूले यो निचोड निकाले पनि कार्कीसँग सवाद हुन सकेको छैन । तर पाँच घण्टाभन्दा लामो समयदेखि चलेको भर्चुअल बैठकबीच भएको टेलिफोन संवादमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको सन्देश आएको हो ।

‘सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको खबर पठाउनु भएको छ’, बैठकमा एकजना जेन-जी सदस्यले जानकारी दिँदै भने, ‘उहाँ तयार भइसकेपछि अब हामी प्रधान सेनापतिसँग वार्ताका लागि जाऊँ ।’

कार्कीलाई नेतृत्व स्वीकार्ने विषयमा जेन-जी समूह करिब करिब एकमत भएका छन् । जेन-जी समूहले प्रधान सेनापति सिग्देलसँग वार्ताका लागि कार्कीलाई अगाडि बढाउन चाहेका थिए । कार्कीसँग भर्खरै संवाद भएपछि उक्त सन्देश प्रेषित गरिएको हो ।

बैठकमा जेनजी पुस्ताले कुनै राजनीतिक दलसँग आबद्ध भएको युवा र नेतृत्व वार्तामा जान नहुने सहमति जुटाएका छन् । त्यहीअनुसार कार्कीको नाम करिब अनुमोदन भएको छ ।

जुम बैठकमा जेन-जीले कार्कीलाई स्वीकारेर जान सकिने त्यससपछि बालेनन्द्र साह र सागर ढकालहरू पनि विकल्प हुन सक्ने बताएका थिए ।

तर अहिलेलाई सबैभन्दा उपयुक्त पात्र कार्की नै रहेको निचोड निकालिएको छ । उनीहरूको निचोडअनुसार शून्यमा रहेको देशलाई अघि बढाउन सुशीला तयार भएकी हुन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।