मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

जेन-जीको बैठक : सुशीला कार्कीलाई नेता स्वीकारेर अन्तरिम सरकार बनाउने प्रस्ताव

Share:
250

काठमाडौँ, भदौ २५ । करिब चार घण्टादेखि जारी जेन-जी समूहको जुम बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्वीकारेर जाने निष्कर्षतिर पुगेको छ ।

जेनजीको पुस्ताको भर्चुअल बैठकमा प्रधानसेनापतिसँग वार्तामा जाने व्यक्तिमा कुनै गन्ध आउन नहुनने चर्चाबीच हाल नागरिक अभियन्तामेत रहेकी कार्कीलाई नेतृत्वमा स्वीकारेर जाने निष्कर्ष निकाल्न लागिएको हो ।

बैठकमा जेनजी पुस्ताले कुनै राजनीतिक दलसँग आबद्ध भएको युवा र नेतृत्व वार्तामा जान नहुने बताएका थिए ।

जुम बैठकमा जेन-जीले निष्कर्षसहित भने, ‘पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई स्वीकारेर जान सकिन्छ । त्यससपछि बालेनन्द्र र सागर ढकालहरू पनि हुनुहुन्छ । हहिलेलाई अन्तरिम सरकारको नेतृत्व गर्न सुशीला कार्की ठिक हुनुहुन्छ।’

भर्चुअल बैठकमा उनीहरूले अहिलेलाई पूर्वप्रधानन्यायाधीश कार्कीभन्दा अर्को सक्षाम व्यक्ति नरहेको पनि बताएका छन् । ‘सुशीला कार्कीङ्को नाममा नोटिस निकालौँ । सुशीला कार्कीको नाम डन भयो, अनाउन्स गरौँ ।’

जेन-जीले छलफलमा सर्वमान्य एजेन्डा हुनुपर्ने अडान लिएका थिए । नेतृत्व पनि सबैले पत्याउने हुनुपर्ने बताएका थिए । यसअघि प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईंसँग वार्तामा बस्न भनेको खुलेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।