मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

यूएई सिरिज पाकिस्तानलाई, अफगानिस्तान ७५ रनले पराजित

Share:
222

भदाै २३ । एशिया कप अगाडि यूएईमा सम्पन्न त्रि–देशीय सिरिजको उपाधि पाकिस्तानले उचालेको छ। पाकिस्तानको जितमा मोहम्मद नवाज नायक बने। सुरुमा ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १४१ रन बनाएको थियो।

१४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १५.५ ओभरमा सबै विकेट गुमाएर ६६ रनमा समेटिएको हो। अफगानिस्तानका कप्तान राशिद खान र सेदिकुल्लाह अटलबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानविरुद्ध आक्रामक बलिङ गरेका पाकिस्तानका मोहम्मद नवाजले पाँच विकेट हात पारे। चार ओभर बलिङ गर्दा एक मेडन राख्दै १९ रन खर्चिएर उनले पाँच विकेट हात पारेका हुन्। पाकिस्तानका लागि थप दुईदुई विकेट अब्रार अहमद र सुफियान मुकिमले हात पारे।

सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन बनाउँदा मोहम्मद नवाज २५ र कप्तान सलमान आगाले २४ रन जोडेका थिए।

पाकिस्तानलाई १४१ रनमा समेट्नका लागि अफगानिस्तानका कप्तान खानले तीन विकेट लिए भने फजलहक फारुकी र नुर अहमदले दुईदुई विकेट हात पारे।

पाकिस्तान र अफगानिस्तान चार खेलको सिरिजमा तीनतीन जित निकाल्दै फाइनल पुगेका हुन्। यूएईले भने घरेलु मैदानमा टेस्ट राष्ट्रसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेन। समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग मात्र चार रनले पराजित भएको यूएईका लागि यो प्रतिस्पर्धा एसिया कपका लागि महत्त्वपूर्ण बन्नसक्छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।