बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

रत्ननगर- १५ का सुत्केरी र गर्भवती महिलालाई पौष्टिक आहार

Share:
325

भदाै २२ । रत्ननगर नगरपालिका वडा नं. १५ मा सुत्केरी र गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको छ। वडा कार्यालयको बजेटबाट १० जना सुत्केरी र ६ जना गर्भवती गरी १६ जनालाई कुखुराको भाले, २ किलो नौनी घ्यू, एक क्रेट अण्डा, १ किलो मह, मुङको दाल, चना लगायत सरसफाइका सामग्री प्रदान गरिएको हो।

आइतबार वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा वडाध्यक्ष आशिक तामाङले सुत्केरी र गर्भवती महिलालाई यी सामग्री हस्तान्तरण गरे। वडाध्यक्ष तामाङले सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत सुत्केरी आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न पौष्टिक आहार वितरण गरिएको बताए। उनले स्थानीय किसानले उत्पादन गरेका कुखुरा, अण्डा, नौनी घ्यूलगायत सामग्री खरिद गरी वितरण गरिएको जानकारी दिए। यसले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उनको भनाइ छ।

“सुत्केरी र गर्भवतीको पोषण तथा स्वास्थ्य स्थानीय सरकारको जिम्मेवारी हो,” वडाध्यक्ष तामाङले भने, “पूर्वाधार निर्माण मात्र विकास होइन, नागरिकको स्वास्थ्य र सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण छ।” उनले माधवपुरवासीको सुखदुखमा वडा कार्यालय सधैं साथमा रहेको सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए।

वडाले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहारसँगै भ्याक्सिन, भिडियो एक्स-रे लगायतका आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। स्वास्थ्य सेवा केन्द्रकी प्रमुख रोजीना गिरीका अनुसार विभिन्न चरणमा १५५ जना सुत्केरी र गर्भवती महिलालाई पोषण सामग्री वितरण गरिसकिएको छ।

कार्यक्रममा वडा सदस्यहरू शिव तिवारी, ईमप्रसाद पन्त, लिलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव नवराज तिवारी, स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थिति थियो। वडा सदस्य रुकमाया परियारले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा केन्द्रकी प्रमुख रोजीना गिरीले गरेकी थिइन्।

 

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।