बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

स्टार कप फुटबल : प्याराडाइज युवा क्लब सिसुवार सेमिफाईनलमा 

Share:
392

माडी, भदाै १५ । चितवनकाे माडीमा जारी ३०औँ राष्ट्रिय स्तरकाे स्टार कप फुटबल प्रतियाेगितामा प्याराडाइज युवा क्लब सिसुवार सेमिफाईनलमा प्रवेश गरेकाे छ ।

माडीकाे बसन्तपुर युनाईटेड क्लबलाई २-१ गाेल अन्तरले पाखा लगाउदैं डिफेन्डिङ च्याम्पियन प्याराडाईजले सेमिफाईनलमा स्थान सुरक्षित गरेकाे हाे ।

प्रतियाेगितामा विजयी टाेलीका राज भुसाल एक्लैले दुई गाेल गरेका थिए भने पराजित बसन्तपुरका लागि संदिप बाेटले सान्त्वना गाेल गरेकाे आयाेजक स्टार स्पाेर्ट युवा क्लबका पूर्वसचिव टिकाराम सुवेदीले जानकारी दिए ।

प्रतियाेगिता अन्तर्गत क्वाटरफाईनलकाे अन्तिम खेलमा १६ गते साेमबार आयाेजक स्टार स्पाेर्ट युवा क्लब बरूवा र भरतपुर -२४ युवा तथा खेलकुद समितिकाबिचमा प्रतिस्पर्धा हुनेछ ।

स्टार स्पाेर्ट युवा क्लब बरूवाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज र जितियाको अवसर पारी माडीको बरुवामा आयोजित ३०औं स्टार कप फुटबल प्रतियाेगिताकाे विजेताले विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार रु. २ लाख ५१ हजार १११ रुपैंया पाउनेछन्, त्यसतै उपविजेता टीमले मेडल र प्रमाणपत्र सहित नगद रु. १ लाख २५ हजार ५५५ रुपैंया पाउनेछ भने विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष सन्देश बरालले जानकारी दिए ।

प्रतियाेगितामा १० टाेलिकाे सहभागिता रहेकाे छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।