आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

टी-२० अभ्यास : साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

Share:
228

भदौ १२ । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिम टी-२० अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ। १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले सात विकेटको क्षतिमा अन्तिम बलमा चौका प्रहार गर्दै भेट्टाएको हो।

बिहीबार भएको पहिलो खेलमा टस जितेर साउथ अस्ट्रेलियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको थियो। अस्ट्रेलियाविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन जोडे। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेरर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए। पूरै २० ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा १४६ रन बनाएको हो।

नेपाललाई सस्तैमा समेट्न साउथ अस्ट्रेलियाका थम्पसन, टी ब्राउन र एच मानेन्टीले समान दुईदुई विकेट लिए।

१४७ रनको लक्ष्य पाएको अस्ट्रेलियाका लागि जवाफी ब्याटिङमा एपी विन्टरले सर्वाधिक ३६ रन बनाउँदा होगेनबोरिजिमले २८ र एमडब्लु हार्वेले २७ रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट हात पारे। उनले १८ रन मात्र खर्चिएर तीन विकेट लिएका हुन्। नन्दन यादवले दुई विकेट लिएको खेलमा कप्तान रोहित पौडेलले एक विकेट हात पारे।

नेपाल र साउथ अस्ट्रेलियाको टी-२० अभ्यासको अर्को खेल आजै हुँदैछ। पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग दोस्रो प्रतिस्पर्धा गर्न लागेको हो।

यसअघि मंगलबार भएका दुई अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी ९एसिटी०सँग प्रतिस्पर्धा गरिसकेको छ। मंगलबारको पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पारेको छ।

आज दुई वटा टी-२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ। नेपालले शनिबार साउथ अस्ट्रेलियासँग ओडिआई प्रतिस्पर्धा गर्न लागेको हो। उक्त खेल शनिबार बिहान ५:१५ बजे सुरु हुनेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।