बिहि, बैशाख ३, २०८३
Search
बिहि, बैशाख ३, २०८३

रत्ननगरको सडक बत्ती पूर्ण सञ्चालनमा दुई हप्ता लाग्ने

Share:
306

रत्ननगर । रत्ननगर नगरपालिकाले ‘उज्यालो रत्ननगर अभियान’अन्तर्गत मुख्य राजमार्ग र बजार क्षेत्रलाई आकर्षक तथा सुरक्षित बनाउन जडान गरिएका आधुनिक सडक बत्तीको परीक्षण सम्पन्न भएको छ। नगरप्रमुख प्रलाद सापकोटाले बत्तीको परीक्षण पूरा भएको जानकारी दिँदै बाँकी काम सम्पन्न गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउन दुई हप्ता लाग्ने बताए। उनले बाँकी मर्मत कार्य आजैबाट सुरु भएको बताए।

बत्ती जडानकर्ता कम्पनी सूर्योदय ऊर्जा प्रालिका वरिष्ठ प्राविधिक भीम श्रेष्ठले बाँकी प्राविधिक काम र मर्मत कार्य आजैबाट सुरु भएको बताए। उनका अनुसार, बत्ती सञ्चालनका लागि सफ्टवेयर अपडेट, मेसिन रिडेबल सिम जडान र स्वचालित प्रणालीको व्यवस्था गरिनेछ। पूर्ण सञ्चालनका लागि कम्तीमा दुई हप्ता लाग्ने उनले बताए ।

रत्ननगरको मुख्य राजमार्गको डिभाइडरमा ७२ वटा पोलमा १४४ सडक बत्ती जडान गरिएको छ। निपनी चोक, बकुलहर चोक, सौराहा चोक र टाँडी चोकमा १६ मिटर उचाइका चारवटा हाइ-मास्ट लाइट जडान गरिएको छ। यस्तै, शान्ति चोक, जयमङ्गला चोक, दोबाटो चोक र गैँडाचोकमा १० मिटर उचाइका मिनी-मास्ट लाइट जडानको काम अन्तिम चरणमा पुगेको नगरप्रमुख सापकोटाले बताए। उनले दुई हप्ताभित्र सबै बत्ती पूर्ण रूपमा सञ्चालनमा ल्याउन सूर्योदय ऊर्जा प्रालिसँग समन्वय भइरहेको जनाउँदै नगरवासीलाई अभियानमा साथ दिन आग्रह गरे।

नगर प्रमुख सापकोटाले यो अभियानमार्फत सुरक्षित र उज्यालो रत्ननगर बनाउने प्रतिबद्धता दोहोर्‍याए। कुल २ करोड ८६ लाख १८ हजार १७५ रुपैयाँ लागतको यो परियोजनाले नगरको सौन्दर्य वृद्धिका साथै रातको समयमा सडक दुर्घटना र आपराधिक गतिविधि न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यो अभियान रत्ननगरको विकास र समृद्धिका लागि कोसेढुङ्गा सावित हुने विश्वास नगरप्रमुख सापकोटाले व्यक्त गरे।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।