मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

रत्ननगर- १५ मा ६० दिने लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन हुने

Share:
261

रत्ननगर, भदौ ८। रत्ननगर नगरपालिका वडा नं. १५ ले यस वर्ष पनि ६० दिने लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ। वडा कार्यालयले सूचना जारी गर्दै इच्छुक सहभागिलाई आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

सूचना अनुसार तयारी कक्षामा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा बुझाउनुपर्नेछ।

वडा कार्यालय विगत तीन वर्षदेखि निरन्तर यस किसिमका तयारी कक्षा सञ्चालन गर्दै आएको छ। वडा कार्यालयले नै सञ्चालन गरेको तयारी कक्षाबाट अध्ययन गरेका केही व्यक्तिहरू हाल सरकारी सेवामा प्रवेश गर्न सफल भएका छन्। यसले युवाहरूमा सरकारी सेवाप्रति आकर्षण बढाउनुका साथै प्रतिस्पर्धी परीक्षामा आत्मविश्वास अभिवृद्धि गर्न ठूलो योगदान पुर्‍याएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए।

वडा कार्यालयका अनुसार यस वर्षको कक्षामा पनि वडावासी युवाहरूलाई व्यवस्थित अध्ययन र तयारी गर्ने अवसर उपलब्ध हुनेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।