शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

खगेरीखोलामा बेपत्ता भएका वृद्धको शव फेला

Share:
247

रत्ननगर, भदाै ५ । चितवनकाे कालिका नगरपालिकाे खगेरीखोलामा वेपत्ता भएका वृद्धको शव फेला परेकाेछ । बुधवार देखि बेपत्ता भएका कालिका वडा नं. ५ पदमपुरका अन्दाजी ७२ वर्षिया दशरथ महताेको शब कामिनीघाट नजिकै बिहीवार बिहान ८ बजे फेला परेको हो ।

बुधवार भैसी चराउन गएका चौधरी भैसी धपाउन खोलामा जानेक्रममा डुबेर बेपत्ता भएका थिए । बुधवार स्थानीय, सुरक्षाकर्मी, नेपाली सेनाको टोली, नगरप्रहरी खोजीकार्यमा जुटेपनि भेटाउन सकेन ।

खगेरीखोलाको छेउछाउँमा बढेको झाडीसँगै जंगली जनावर र गोहीको डरका कारण राती खोजीकार्य स्थगीत गरेका थिए ।

आज (बिहीवार) विहानैदेखि खोजी कार्य सुरु गरिएको थियो । स्थानीयहरुले खोज्ने क्रममा डुबेकै ठाउँ नजिकै भंगालोमा उनको शब डुबेकै अवस्थामा फेला पारेको प्रहरीले जनाएकाे छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।