शुक्र, जेष्ठ १, २०८३
Search
शुक्र, जेष्ठ १, २०८३

अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी

Share:
191

भदौ ४ । दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हराएको छ । पहिलो ओडिआई प्रतिस्पर्धा अन्तर्गत मंगलबार भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले घरेलु मैदानमा अस्ट्रेलियालाई हराएको हो ।

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाए । उसका लागि एडेन मार्करामले ८३ रन जोड्दै सानदार अर्धशतक बनाए भने कप्तान टेम्बा बाभुमा ६५ रन म्याथ्यू ब्रेट्जकेले ५७ रन बनाए । उसले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २९६ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि टेभिस हेडले चार विकेट लिए पनि त्यसले अफ्रिकालाई रोक्न सकेन ।

२९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया भने ४०.५ ओभरमा अलआउट हुँदा १९८ रनमा समेटिएको हो । कप्तान मिचेल मार्सले ८८ रनको सानदार अर्धशतकीय इनिङ खेल्नुबाहेक अन्य ब्याट्सम्यान अफ्रिकासामु टिक्न सकेनन् । अस्ट्रेलियालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका केशब महाराजले १० ओभर बलिङ गर्दा मात्र ३३ रन दिएर पाँच विकेट हात पारे । उनी खेलको प्लेयर अफ द म्याच बने । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।