रत्ननगर, भदौ ३ । नेपाल फर्निचरको नयाँ शाखा पूर्वी चितवनमा सञ्चालनमा ल्याइएको छ । टाँडी र पर्सा बजारको बिच भाग तरकारी चोकमा सञ्चालनमा ल्याइएको शाखाको आज (मंगलबार) पत्रकार अपिल त्रिपाठीले उद्घाटन गर्नुभयो ।

फर्निचरको ब्राण्ड एम्बेडर समेत रहनुभएका त्रिपाठीले फर्निचरले अहिलेसम्म गुणस्तरमा कुनै सम्झौता नगरेको भन्दै आगामी दिनमा पनि यसको विश्वसनियतालाई कायम राख्न अनुरोध गर्नुभयो । ढुक्क बर्षौ बर्षलाई स्वलोगनका साथ स्थापित नेपाल फर्निचरको काठमाडौं मुख्य कार्यालय र बुटवल, पोखरा, भरतपुरमा शाखा सञ्चालनमा छ । निकट भविष्यमा नै धनगढी र इटहरीमा समेत यसको शाखा विस्तारको तयारी गरिएको सञ्चालक सुजन अधिकारीले जानाकारी दिनुभयो ।
आफ्नै फ्याक्ट्रीमा स्वदेशी काठ प्रयोग गरेर स्वदेशी कामदारले उत्पादन गरेका फर्निचर बलियो र टिकाउ रहेको अधिकारीले बताउनुभयो । उहाँले ग्राहकहरुको सन्तुष्टि र विश्वासका कारण नेपाल फर्निचर यहाँसम्म आएको बताउनुभयो ।
फर्निचरले स्वरुम शुभारम्भको अवसर पारेर २५ प्रतिशत छुटको घोषणा गरेको छ । यही अवसरमा हेटौडादेखि नवलपरासी सम्मका ग्राहकलाई फ्रि डेलिभरीको व्यवस्था गरिएको छ । फर्निचरको देशभर पाँच करोड लगानी र ६० जना बढीलाई रोजगारी समेत सृजना गरेको जनाएको छ ।








