मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

ब्रम्हकुमारीमा भदौं ६ गते रक्तदान कार्यक्रम हुने

Share:
177

रत्ननगर, भदाै ३ । रत्ननगर वडा नं २ टाँडी स्थित ब्रम्हकुमारी राजयोग सेवा केन्द्रमा यही भदौं ६ गते बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।

सेवा केन्द्रले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी र उद्देश्यको बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र टाँडीकी प्रमुख शर्मिला आचार्यले सेवा केन्द्र टाँडीमा मात्र ५०० युनिट रगत संकलन गर्ने गरी तयारी गरिएको बताए ।

कार्यक्रममा सहभागी भएर रक्तदान गर्न आह्वान गर्दै उनले रक्तदान जीवनदान भएको बताइन् । रगत दिएर मरिदैन उनले भनिन् तर विरामीले रगत पाएन भने उसको ज्यान जान सक्छ, यो मानवीय कार्यमा सबै सहभागी बनौं ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका विभिन्न युनिटमा भदौं ६ देखि ९ गते सम्म अभियानका रुपमा सञ्चालन हुने रक्तदान कार्यक्रम चार दिनमा एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य रहेको छ ।

दादी प्रकासमणिजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिबसको अबसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको केन्द्रकी प्रमुख आचार्यले बताइन् ।

रक्तदान शरीरको योगदान मात्र होइन् उनले भनिन् आत्माको साधन पनि हो ।

समाजसेवा प्रभादका राष्ट्रिय संयोजक अर्जुन श्रेष्ठले विश्व एकता र भातृत्वका लागि ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले राष्ट्रिय अभियानका रुपमा बृहद् रक्तदान कार्यक्रम आयोजना गरेको भन्दै पवित्र कार्यमा सहभागी हुन सबैलाई आग्रह गरे ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।