बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

रत्ननगरमा माओवादी केन्द्रले गर्‍यो दुई दिने प्रशिक्षक, प्रशिक्षण (स्कुलिङ्ग) कार्यक्रम

Share:
356

रत्ननगर, भदौ २ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रत्ननगरद्वारा आयोजित दुई दिने प्रशिक्षक प्रशिक्षण (स्कुलिङ) कार्यक्रम सोमबारदेखि रत्ननगर–१ स्थित पदमा बेन्कुटमा सुरु भएको छ।

कार्यक्रमको अध्यक्षता रत्ननगर अध्यक्ष मेघनाथ पौडेलले गर्नुभएको उक्त प्रशिक्षण उद्घाटन समारोहमा प्रमुख अतिथीका रुपमा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य घनश्याम दाहाल रहनु भएको थियो।

विशिष्ट अतिथिमा प्रदेश कोषाध्यक्ष संगीता भट्टराई अतिथीहरु नगर इन्चार्ज एवं प्रदेश सदस्य पुर्ण बाहादुर अम्गाइ (सोबोध), दिपक साही,ऋषिराम चापागाई ,सरोज भण्डारी, निवर्तमान अध्यक्ष श्याम बराल, नगर उपाध्यक्ष गणेश पौडेल, जीवनलाल श्रेष्ठ र विष्णु पोख्रेलको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नगर सचिव मोहन भट्टराईले गर्नुभएको हो।

दुई दिनसम्म चल्ने उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रममा दर्शनशास्त्र, राजनीति अर्थशास्त्र, वैज्ञानिक समाजवाद र पार्टी कार्यदिशा, संगठन र नेतृत्व, सत्ता सञ्चालन र उत्पादन, कम्युनिष्ट आन्दोलनको इतिहास (विश्व र नेपाल), संगठन सञ्चालन पद्धति (बैठक, माइन्युट र प्रतिवेदन), प्रशिक्षण पद्धति र कला, प्रभावकारी निर्वाचन परिचालन कला तथा सामाजिक सञ्जाल र संगठन (AI/IT) लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।कार्यक्रममा नगर कमिटी सदस्य तथा पार्टी वार्ड अध्यक्ष तथा सचीवको सहभागिता रहेको छ।

प्रशिक्षकका रुपमा सूर्य सुवेदी ‘पथिक’, ऋषिराम चापागाई र होमप्रसाद भट्ट रहनेछन्।
कार्यक्रमको अन्त्यमा सहभागीलाइ प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।